काठमाडौं । सेयर बजार परिसूचक नेप्से आज सामान्य अंकले बढेको छ ।
बिहिवार नेप्से परिसूचक २.४७ अंकले बढेर २ हजार ७४५.३६ बिन्दुमा पुगेर रोकिएको हो । आज तीन सय १६ कम्पनीको कारोबार हुँदा ७ अर्ब २९ करोड रुपैयाँ बरारबको कारोबार भएको हो ।
आजको कारोबारमा ८९ कम्पनीको सेयर मूल्य बढ्दा १४२ कम्पनीको मूल्य घटेको छ भने १३ वटा कम्पनीको मूल्य स्थिर रहेको छ ।
आज सबैभन्दा बढी कुमारी बैंकको ३३ करोड १३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । कारोबारमा आएका १३ समूहमध्ये ६ वटाको परिसूचक घटेको छ भने ६ वटाको बढेको छ । निर्जीवन समूहको परिसूचक भने स्थिर छ ।
