मंगलबार, साउन १९ गते २०८३    

मंगलबार, साउन १९ गते २०८३    

वर्ल्डलिंक

वर्ल्डलिंकले बुझायो २ अर्ब १५ करोड कर 

वर्ल्डलिंकले बुझायो २ अर्ब १५ करोड कर 

वर्ल्डलिंकले शुक्रबार दूरसञ्चार रोयल्टी र ग्रामीण दूरसञ्चार कोष (आरटिडीएफ) वापत् बक्यौता रहेको दुई अर्ब १५ करोड रुपैयाँ एकमुष्ट बुझाएको

शुक्रबार, कात्तिक ३० २०८१
शुक्रबार, कात्तिक ३० २०८१
  • काठमाडौं । वर्ल्डलिंक कम्युनिकेशनले २ अर्ब १५ करोड रुपैयाँ कर बुझाएको छ । कर विवादमा परेको मुद्दा सर्वाेच्च अदालतले कर बुझाउनुपर्ने फैसला गरेपछि वर्ल्डलिंकले कर बुझाएको हो ।

    वर्ल्डलिंकले शुक्रबार दूरसञ्चार रोयल्टी र ग्रामीण दूरसञ्चार कोष (आरटिडीएफ) वापत् बक्यौता रहेको दुई अर्ब १५ करोड रुपैयाँ एकमुष्ट बुझाएको नेपाल दूरसञ्चार प्राधिकरणका प्रवक्ता सन्तोष पौडेलले जानकारी दिए । 

    आर्थिक वर्ष २०६९/७० देखि ०७८/८० सम्मको रोयल्टी र आरटिडीएफ तथा त्यसमा थपिँदै आएको ब्याज र जरिवानासहितको रकम कम्पनीले बुझाएको हो । 

    वर्ल्डलिंकले सबै बक्यौता तिरेकोले अब समान आयात भेण्डरलाई दिनुपर्ने रकम भुक्तानीका लागि विदेशी मुद्राको सटही सुविधा पाउनेछ । 

     

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार