काठमाडौं । नेपाल आयाल निगमले पेट्रोलको मूल्य बढाएको छ, भने डिजेल तथा मट्टितेलको मूल्य भने घटाएको छ ।
पेट्रोलको मूल्य प्रतिलिटर १ रुपैयाँले बढ्दा डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ४ रुपैयाँले घटेको नेपाल आयाल निगमले जनाएको छ ।
इण्डियन आयल कर्पाेरेशनबाट प्राप्त पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्य अनुसार प्रतिलिटर पेट्रोलमा रु ०.५८ ले बढेर र डिजेलमा रु ३.५९ ले घटेर आएको र सोही अनुसार मूलय समायोजन गरिएको विज्ञप्तिमार्फत जानकारी दिएको छ ।
निगमका अनुसार नयाँ मूल्य आइतबारदेखि लागू हुनेछ ।
