मंगलबार, साउन १९ गते २०८३    

मंगलबार, साउन १९ गते २०८३    

विश्वकप लिग– २

विश्वकप लिग– २ : नेपालको लगातार तेस्रो हार 

विश्वकप लिग– २ : नेपालको लगातार तेस्रो हार 

नेपालले दिएको २७२ रनको लक्ष्य पछ्याएको अमेरिकाले ४९ ओभरको समाप्तिमा ६ विकेट गुमाएर पूरा गर्यो

शनिबार, कात्तिक १६ २०८२
शनिबार, कात्तिक १६ २०८२
  • काठमाडौं । आईसीसी विश्वकप लिग– २ मा नेपालले लगातार तेस्रो हार ब्यहोरेको छ । 

    आज अमेरिकासँग भएको तेस्रो खेलमा नेपालले ४ विकेटले पराजित भएसँगै नेपालले लगातार तेस्रो हार ब्यहोरेको हो । आज टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले ४९.५ ओभरमा अलआउट हुँदै २७१ रनको योगफल तयार गरेको थियो । 

    नेपालले दिएको २७२ रनको लक्ष्य पछ्याएको अमेरिकाले ४९ ओभरको समाप्तिमा ६ विकेट गुमाएर पूरा गर्यो । पहिला ब्याटिङ गरेको नेपालका लागि उपकप्तान दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ७५ रनको योगदान दिएका थिए । 

    त्यस्तै करण केसीले ४९ र कुशल भुर्तेलले ४७ रनको योगदान दिए । अमेरिका लागि सैतेजा मुकाम्लाले सर्वाधिक ७५ रन बनाए भने मिलिन्द कुमारले ७० रन जोडे । 

    बलिङतर्फ नेपालका सन्दीप लामिछानेले सर्वाधिक ३ विकेट लिए भने करण केसी, नन्दन यादव र गुल्सन झाले समान एक–एक विकेट लिए । 

    अमेरिकाले यस अघिको खेलमा पनि नेपाललाई पराजित गरेको थियो भने नेपाल युएईसँग पनि पराजित भएको थियो । 

     

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार