मंगलबार, साउन १९ गते २०८३    

मंगलबार, साउन १९ गते २०८३    

विश्वकप लिग– २

विश्वकप लिग– २ मा नेपालको जितविहिन श्रृङ्खला 

विश्वकप लिग– २ मा नेपालको जितविहिन श्रृङ्खला 

घरेलु टोली यूएईले नेपालमाथि ४ विकेटको जित निकाल्यो

बुधबार, कात्तिक २० २०८२
बुधबार, कात्तिक २० २०८२
  • काठमाडौं । आईसीसी विश्वकप लिग– २ मा नेपालले लगातार चौथो हार ब्यहोरेको छ । यो सँगै विश्वकप लिग– २ मा नेपाल जितविहिन बनेको हो । 

    बुधबार घरेलु टोली यूएईले नेपालमाथि ४ विकेटको जित निकाल्यो । टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतीमा २३९ रनको योगफल तयार गरेको थियो । 

    नेपालले दिएको २४० रनको लक्ष्य पछ्याएको यूएईले ४९.१ ओभरमा ६ विकेटको क्षतीमा लक्ष्य पूरा गर्यो । यूएईका मोहम्मद शाहदादले सर्वाधिक ९६ रनको योगदान दिए । त्यस्तै मोहम्मद वासिनले ७६ रन बनाए भने सोयब खानले २९ रन जोडे । 

    बलिङतर्फ नेपालका करण केसीले सर्वाधिक ३ विकेट लिए भने नन्दन यादव, ललित राजवंशी र सन्दीप लामिछानेले समान एक–एक विकेट लिए । पहिला ब्याटिङ गरेको नेपालका लागि भीम सार्कीले सर्वाधिक ४८ रन बनाए भने कुशल मल्ले ४५ रन बनाए । 

    त्यस्तै दीपेन्द्रसिंह ऐरीले ३७ रन बनाउँदा ओपनर आशिफ शेखरले ३४ र आरिफ शेखले ३० रन जोडे । अमेरिका र यूएईसँग २–२ खेल खेलेको नेपाल यो सिरिजमा जितबिहिन बन्यो । 

     

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार