काठमाडौं । नेपाल प्रिमियर लिग एनपीएलको दोस्रो संस्करणको लिग चरणको खेलमा पाँचौं हार बेहोरेपछि कर्णाली एक्स प्रतियोगिताबाट बाहिरिएको छ।
मङ्गलबार भएको आफ्नो छैटौँ खेलमा पोखरा एभेन्जरसँग ३४ रनले पराजित हुँदा कर्णाली एक्स प्रतियोगिताको दौतबाट बाहिरिएको हो। त्रिवी क्रिकेट मैदानमा पहिला ब्याटिङ गरेको पोखराले दिएको २०२ रनको लक्ष्य पछ्याएको कर्णाली १९ ओभरमा ६७ रनमा समेटियो।
ब्याटिङतर्फ कर्णालीका ओपनर मार्क वार्डले सर्वाधिक ५९ रनको योगदान दिए पनि जितका लागि पर्याप्त हुन सकेन। जिबुल्ला जत्रानले २४ पवन सराफले १९ र सम्पाल कप्तान सम्पाल कामीले १३ रन जोडे।
बलिङमा पोखराका ऋषि धमला र धनन्जय लक्षनले ३–३ विकेट लिए । किरण ठगुन्ना, सन्दीप क्षेत्री र कप्तान कुशल भुर्तेलले एकएक विकेट लिए ।
पहिला ब्याटिङ गरेको पोखराका लागि एडम रोसिङ्टनले उत्कृष्ट शतक प्रहार गरेका थिए । एडमले नटआउट १०८ रनको योगदन दिएका थए । उनको शतक प्रेरित पोखराले निर्धारित २० ओभरमा २ विकेटको क्षतीमा २०१ रनको योगफल तयार गरेको थियो ।
यो जितसँगै पोखराको प्लेअफ पुग्ने सम्भावना कायमै रहेको छ ।
