मंगलबार, साउन १९ गते २०८३    

मंगलबार, साउन १९ गते २०८३    

एनपीएल

सुदूरपश्चिम क्वालिफायरमा, चितवन ४९ रनले पराजित

सुदूरपश्चिम क्वालिफायरमा, चितवन ४९ रनले पराजित

बिहीबार , मंसिर १९ २०८२
बिहीबार , मंसिर १९ २०८२
  • काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्सले लगातार छैटौं जिन निकालेको छ । आज भएको खेलमा सुदूरपश्चिमले चितवन राइनोजलाई ४९ रनले पराजित गर्यो । 

    यो जितसँगै छ खेलमा १२ अङ्क जोडेको सुदूरपश्चिम रोयल क्वालिफायर पक्का भएको छ। पश्चिमको यो जितसँगै विराटनगर किङ्स पनि पेलेआफमा पुगेको छ। 

    यो हारसँगै छ खेलमा चार अङ्क जोडेको चितवनको प्लेअफ पुग्ने सम्भावना कमजोर बनेको छ। त्रिवि क्रिकेट मैदानमा पहला ब्याटिङ गरेको सुदूरपश्चिमले दिएको १७० रनको लक्ष्य पछाएको चितवन १७ ओभरमा अलाउड हुँदै १२० रनमा समेटियो। 

    चितवनका लागि रवि बोपाराले २९, देव खनालले २८, अर्जुन साउदले १६ र कप्तान कुशल मल्लले १५ रन जोडे । सुदूरपश्चिमका लागि पुनिल मेहराले तीन तथा अभिनाश बोहोरा, इशान पाण्डे, हिम्मत महरा र कप्तान दीपेन्द्रसिंह ऐरीले एक-एक विकेट लिए । 

    त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा चार विकेट गुमाउदै १ सय ६९ रनको योगफल तयार पारेको हो ।
     
    सुदूरपश्चिमका लागि क्रिस लिनले रिटायर्ड हर्ट हुनुअघि ५६ बलमा पाँच चौका र तीन छक्काको मद्दतले सर्वाधिक ७५ रनको योगदान गरे । यसैगरी आरिफ शेख र कप्तान दीपेन्द्रसिंह ऐरीले अविजित २४–२४, विनोद भण्डारीले २१ र पुनित मेहरले १३ रन बनाए ।

    चितवनका लागि सैफ जेबले दुई तथा रञ्जित कुमार र जर्ज स्क्रिमशले एक-एक विकेट लिए । 

     

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार