काठमाडौं । सुदूरपश्चिम रोयल्सले विराटनगर किंग्सलाई पराजित गर्दै लगातार दोस्रो पटक नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनलमा प्रवेश गरेको छ ।
सुदूरपश्चिमले दिएको १५६ रनको लक्ष्य पछ्याएको विराटनगर १४.१ ओभरमा अलआउट हुँदै ७७ रनमा समेटियो । विराटनरका लागि फाफ डु प्लेसिसले सर्वाधिक ३६ रन बनाउनु बाहेक अन्य ब्याटरले राम्रो रन बनाउन सकेनन् ।
बलिङतर्फ सुदूरपश्चिमका लागि बलिङमा सुदूरपश्चिमका हर्मित सिंह, अभिनास बोहरा र स्कट कुगेइलेन दुई(दुई तथा कप्तान दीपेन्द्रसिंह ऐरी र हेमन्त धामीले एक(एक विकेट लिए ।
त्यस अघि त्रिवि क्रीकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ७ विकेटको क्षतीमा १५५ रनको योगफल बनाएको थियो ।
ब्याटिङतर्फ सुदूरपश्चिमका ओपनर विनोद भण्डारीले अर्धशतकिय इनिङ खेले । विनोदले सर्वाधिक ६३ रनको योगदान दिए भने आशिफ शेखले २० रन बनाए ।
त्यस्तै मुख्तर अहमेदले १० रन जोडे भने शेल्डोन ज्याक्सनले २० र इशान पाण्डेले १३ रन जोडे । कप्तान दिपेन्द्र सिंह ऎरी ३ रनमा आउट भए भने हर्मित सिंहले १४ रन बनाए ।
बलिङतर्फ विराटनगरका लागि प्रतिश जिसि र मार्चेन दि लेङ्गाले समान २–२ विकेट लिए भने सूर्य तामाङ र साम ह्याजलेटले समान एक–एक विकेट लिए ।
यो जितसँगै सुदूरपश्चिम लगातार दोस्रो पटक एनपीएलको फाइनलमा प्रवेश गरेको छ । पहिलो सिजनमा सुदूरपश्चिम जनकपुर बोल्ट्ससँग पराजित भएको थियो । सुदूरपश्चिमले अब शनिबार उपाधिकाल लागि खेल्नेछ ।
आज पराजित भएको विराटनगरले दोस्रो क्वालिफायरमा काठमाण्डू गोर्खाज र लुम्बिनी लायन्सबीचको विजेतासँग खेल्नेछ ।
