मंगलबार, साउन १९ गते २०८३    

मंगलबार, साउन १९ गते २०८३    

एनपीएल

विराटनगरलाई हराउँदै लुम्बिनी फाइनलमा, उपाधिका लागि सुदूरपश्चिमसँग भिड्ने 

विराटनगरलाई हराउँदै लुम्बिनी फाइनलमा, उपाधिका लागि सुदूरपश्चिमसँग भिड्ने 

यो जितसँगै लुम्बिनीले अब उपाधिका लागि सुदूरपश्चिम रोयल्सँग प्रतिस्पर्धा गर्नेछ । 

बिहीबार , मंसिर २६ २०८२
बिहीबार , मंसिर २६ २०८२
  • काठमाडौं । लुम्बिनी लाइन्सले विराटनगर किंग्सलाई हराउँदै सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) सिजन– २ को फाइनलमा प्रवेश गरेको छ । 

    त्रिवि क्रिकेट मैदानमा पहिला ब्याटिङ गरेको लुम्बिनीले दिएको १३५ रनको लक्ष्य पछ्याएको विराटनगर १७.५ ओभरमा अलआउट हुँदै ९४ रनमा समेटियो । 

    विराटनगरका लागि साम हिजलेटले सर्वाधिक ३४ रनको योगदान दिए । नरेश भट्टले २१ रन बनाउँदा मार्चेन डि लेङले १७ रन बनाउनु बाहेक अन्य ब्याटरले राम्रो ब्याटिङ गर्न सकेनन् । विराटनगरलाई सस्तैमा समेट्न लुम्बिनीका तिलक भण्डारीले सर्वाधिक ३ विकेट चट्काए । 

    त्यस्तै रुवेन ट्रम्पलम्यान, जेजे स्मिथ र अभिषेक गौतमले समान २–२ विकेट लिँदा शेर मल्ले एक विकेट लिए । 

    यस अघि पहिला ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ८ विकेटको क्षतीमा १३४ रनको योगफल तयार गरेको थियो । लुम्बिनीका लागि ओपनर डार्सी सर्टले सर्वाधिक ४५ रनको योगदान दिए ।

    त्यस्तै कप्तान रोहित कुमार पौडेलले ३४ रन बनाए । शेर मल्ल ७ रन बनाएर आउट हुँदा रुबेन ट्रम्पप्यानले नटआउट ११ रन बनाए ।

    बलिङतर्फ विराटनगरका सवाश भण्डारी र प्रतिश जिसीले समान ३–३ विकेट लिए भने कप्तान सन्दीप लामिछानेले दुई विकेट लिए ।

    आज विराटनगरलाई ३४ रनले पराजित गरेसँगै लुम्बिनीले फाइनलमा आफ्नो स्थान पक्का गरेको हो । यो जितसँगै लुम्बिनीले अब उपाधिका लागि सुदूरपश्चिम रोयल्सँग प्रतिस्पर्धा गर्नेछ । 

     

     

     

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार