काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो सिजनको उपाधि लुम्बिनी लायन्सले जितेको छ । त्रिवि क्रीकेट मैदानमा पहिला ब्याटिङ गरेको सुदूरपश्चिमले दिएको ८६ रनको लक्ष्य लुम्बिनीले ९ ओभरको समाप्तिमा पूरा गर्यो ।
लुम्बिनीका लागि दिनेश अधिकारीले ४२ रनको योगदान दिए । कप्तान रोहित कुमार पौडेलले १८ रन बनाए भने डारसी सर्टले १३ रन बनाए । त्यस्तै निरोशन डिक्विलाले ११ रन बनाए ।
बलिङतर्फ सुदूरपश्चिमका हेमन्त धामीले २ विकेट लिँदा अभिनास बोहोरा र कप्तान दीपेन्द्रसिंह ऐरीले समान एक–एक विकेट लिए ।
त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको सुदूरपश्चिम १९.१ ओभरमा अलआउट हुँदै ८५ रनमा समेटियो । लुम्बिनीका लागि ओपनर इसान पाण्डेले सर्वाधिक ३३ रनको योगदान दिए ।
त्यस्तै सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले १३ रन बनाउनु बाहेक अन्य ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् ।
सुदूरपश्चिमलाई सस्तैमा समेट्न लुम्बिनीका कप्तान रोहित कुमार पौडेलले ह्याट्रि गरे । रोहित कुमार पौडेल ह्याट्रिक पूरा गर्दा शेर मल्ल र रुवेन ट्रम्पलम्यानले समान ३–३ विकेट लिए भने तिलक भण्डारीले एक विकेट चट्काए ।
सुदूरपश्चिम एनपीएलको पहिलो सिजमा पनि फाइनलमा जनकपुर बोल्ट्सँग पराजित भएको थियो ।
