मंगलबार, साउन १९ गते २०८३    

मंगलबार, साउन १९ गते २०८३    

टी– २० विश्वकप

बंगलादेशलाई टी– २० विश्वकपबाट हटाएर स्कटल्याण्डलाई खेलाउने आईसीसीको निर्णय 

बंगलादेशलाई टी– २० विश्वकपबाट हटाएर स्कटल्याण्डलाई खेलाउने आईसीसीको निर्णय 

यो विवादले बंगालादेश सरकारले आईपीएल प्रसारणमै प्रतिबन्ध लगाएको

शनिबार, माघ ११ २०८२
शनिबार, माघ ११ २०८२
  • काठमाडौं । आईसीसीले टी– २० विश्वकप २०२६ बाट बंगलादेशलाई हटाएर स्कटल्लयाण्डलाई खेलाउने निर्णय गरेको छ । 

    बंगलादेश क्रिकेट बोर्ड (बीसीबी) ले भारतमा खेल्न अस्वीकार गरेपछि आईसीसीले बंगलादेशलाई प्रतियोगिताबाट हटाएर स्कटल्याण्डलाई खेलाउने निर्णय गरेको हो । बीसीबीले निरन्तर बंगलादेशले भारतबाहिर श्रीलंकामा खेल सार्नुपर्ने अडान लिएको थियो । 

    यता आईसीसीले विश्वकपको निर्धारित तालिका परिवर्तन गर्न नसक्ने बताएपछि अन्तत बंगलादेश विश्वकपबाटै बञ्चित भएको हो । बिहिवार बीसीबीले भारतमा खेल्न नजाने निर्णय गरेपछि आईसीसीको बोर्ड बैठकले भारतमा खेल्न नजाने बंगलादेशलाई हटाएर अर्काे देशलाई सहभागी गराउने निर्णय गरेको थियो । 

    अब बंगलादेश आउट भएपछि युरोप छनोट पार गर्न नसकेको स्कटल्याण्डले विश्वकप खेल्ने अवसर पाउनेछ । बंगलादेश नखेल्ने भएपछि आईसीसीले विश्वकप खेल्ने देशबाहेक माथिल्लो वरियतामा रहेको स्कटल्याण्डलाई अवसर दिएको हो । 

    इन्डियन प्रिमियर लिग (आईपीएल) को कोलकाता नाइट राइडर्सले बंगलादेशका खेलाडी मुस्ताफिजुर रहमानलाई टोलीबाट हटाएपछि सुरु भएको विवादले बंगलादेश भारतमा क्रिकेट खेल्न नजाने अवस्थामा पुगेको हो ।  यो घटनापछि भारतीय क्रिकेट बोर्ड र बीसीबीबीच तनाब बढेको थियो । 

    यो विवादले बंगालादेश सरकारले आईपीएल प्रसारणमै प्रतिबन्ध लगाएको छ । 

     

     

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार