काठमाडौं । चर्चित कथावाचक साइग्रेस पोखरेल नेपाली चलचित्र ‘जेरी अन टप’ मा जोडिएका छन् ।
अनमोल केसीको शिर्ष भूमिका रहने उक्त चलचित्रमा क्रियटिभ भूमिका लागि साइग्रेसलाई अनुबन्ध गरिएको हो । साइग्रेसले सामाजिक सञ्जाल फेसबुकमा अनमोल केसीसँगको तस्बीर सेयर गर्दै आफू ‘जेरी अन टप’ मा जोडिएको जानकारी दिएका छन् ।
साइग्रेससँग लिखित सहमति पछि निर्माता सरोज न्यौपानेले सहकार्यपछि थप उर्जा प्रदान भएको उल्लेख गरेका छन् । युरोपमा बस्दै आएका साइग्रेस यतिबेला भने काठमाडौंमा छन् ।
‘जेरी अन टप’ मा अनमोलसँगै आँचल शर्मा र जसिता गुरुङले शिर्ष भूमिका निर्वाह गर्दैछन् । केही दिनमै छायांकनमा जाने तयारीमा रहेको यस चलचित्रको प्रदर्शन भ्यालेन्टाइन्स डेको अवसर पारेर फागुन २ गतेलाई तय गरिएको छ ।
