काठमाडौं । अभिनेता अनमोल केसी स्टाटर चलचित्र ‘जेरी अन टप’ हास्य कलाकार केदार घिमिरे ‘माग्ने बुढा’ ले साइन गरेका छन् ।
माग्ने बुढा र निर्माण पक्षबीच शुक्रबार लिखित समझदारी भएको हो । चलचित्रमा घिमिरेको मुख्य भूमिका रहने निर्माण स्रोतले बताएको छ । चलचित्रमा यस अघि नै अनमोल केसी, आँचल शर्मा, जसिता गुरुङ, सुरक्षा पन्त यसअघि नै अनुबन्धित भैसकेका छन् ।
यो फिल्मलाई सुयोग गुरुङले निर्देशन गर्दैछन् । निर्माता न्यौपानेले नेपाली फिल्ममा अहिलेसम्म नसुनिएको कथा र परिवेशमा फिल्म निर्माण हुन लागेको बताए ।
फिल्मको पटकथामा चर्चित कन्टेन्ट क्रिएटर साइग्रेस पोखरेल पनि जोडिएका छन् । फिल्मको छायांकन आउँदो सातादेखि सुरु हुने जनाइएको छ ।
