मंगलबार, साउन १९ गते २०८३    

मंगलबार, साउन १९ गते २०८३    

एनपीएल

सुदूरपश्चिमलाई स्तब्ध पार्दै जनकपुरले जित्यो एनपीएलको उपाधि 

सुदूरपश्चिमलाई स्तब्ध पार्दै जनकपुरले जित्यो एनपीएलको उपाधि 

सुदूरपश्चिम रोयल्सले १८५ रनको लक्ष्य जनकपुरले ४ बल बाँकी छदै पूरा गरेको हो ।

शनिबार, पुस ६ २०८१
शनिबार, पुस ६ २०८१
  • काठमाडौं । नेपाल प्रीमियर लिग (एनपीएल) को उपाधि जनकपुर बोल्टसले जितेको छ ।

    त्रिवि क्रीकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको सुदूरपश्चिम रोयल्सले १८५ रनको लक्ष्य जनकपुरले ४ बल बाँकी छदै पूरा गरेको हो ।

    जनकपुरका लाहिरु मिलान्थाको बिस्फोटक ब्याटिङको मदतमा एनपीएलको उपाधी उचाल्दै नेपाली क्रीकेटमा जनकपुरले नयाँ तिहास रचेको हो ।

    मिलान्थाले उत्कृष्ट अर्धशतक प्रहार गरे । उनले ४९ बलमा ८७ रन बनाए । जनकपुरका कप्तान आशिफ शेखले ३४ र हर्श थाकरले रनको योगदान दिए ।

    बलिङतर्फ सुदूरपश्चिमका सैफ अली जबले सर्वाधिक २ विकेट लिए । त्यस्तै, दीपेन्द्र सिंह ऎरी, स्कट कुगेलेइन र इशान पाण्डेले समान एक-एक विकेट लिए ।

    यस अघि सुदूरपश्चिमले निर्धारित २० ओभरमा ९ विकेटको क्षतीमा १८४ रनको योगफल तयार गरेको थियो ।

    सुदूरपश्चिमका सैफ अली जैबले ७७ रनसहित उत्कृष्ट अर्धशतकीय इनिङ खेले । ४४ बलको सामना गरेका सैफले ८ चौका र ३ छक्कासहित ७७ रन जोडेर आउट भए ।

    ओपनर विनोद भण्डारीले ४१ रनको योगदान दिए । २९ बलको सामना गरेका विनोदले एक चैका र २ छक्का प्रहार गरे ।

    सुदूरपश्चिमका हर्मित सिंहले १४, ब्राण्डम म्याकमुलेमले १५ रन जोडे । कप्तान दीपेन्द्र सिंह ऎरीले ९ रन बनाए ।

    बलिङतर्फ जनकपुर बोल्टसका किशोर महतोले सर्वाधिक ३ विकेट लिए । त्यस्तै ललित राजवंशीले र मोहम्मद मोहसिनले समान एक- एक विकेट लिए ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार