मंगलबार, साउन १९ गते २०८३    

मंगलबार, साउन १९ गते २०८३    

अन्तर्राष्ट्रिय महिला फुटबल

लेबनानलाई पराजित गर्दै नेपाल च्याम्पियनसिपको फाइनलमा 

लेबनानलाई पराजित गर्दै नेपाल च्याम्पियनसिपको फाइनलमा 

खेलको ४२औं मिनेटमा साम्बाले प्रहार गरेको बल

बिहीबार , फागुन ८ २०८१
बिहीबार , फागुन ८ २०८१
  • काठमाडौं । अन्तर्राष्ट्रिय महिला फुटबल च्याम्पियनसिपमा लेबनानलाई पराजित गर्दै नेपाल फाइनलमा प्रवेश गरेको छ। बिहीबार दरशथ रंगशालामा भएको खेलमा नेपालले लेबनानलाई १-० गोलले पराजित गरेको हो।

    नेपालका लागि सावित्रा भण्डारी ‘साम्बा’ले निर्णायक गोल गरेकी थिइन्। खेलको ४२औं मिनेटमा साम्बाले प्रहार गरेको बल विपक्षी खेलाडीको खुट्टामा लागेर गोलमा परिणत भएको थियो।

    नेपालले यसअघि कीर्गिस्तानलाई १-० गोलले हराएको थियो। त्यस्तै म्यानमार पनि फाइनलमा प्रवेश गरेको छ। कीर्गिस्तानलाई ५-० गोलले हराउँदै म्यानमारले फाइनल सुनिश्चित गरेको हो। दुवै टिम एक खेल अगावै फाइनलमा प्रवेश गरेका हुन्। 

     

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार