काठमाडौं । कीर्तिपुर नगरपालिकाका नगर प्रमुख (मेयर) राजकुमार नकर्मीको स्वास्थ्य गम्भीर अवस्थामा पुगेको छ ।
मेयर नकर्मीको हाल वीर अस्पतालको सघन कक्ष (आइसीयु) मा उपचार भैरहेको नगर उपप्रमुख शुभलक्ष्मी शाक्यले जानकारी दिइन् । उनका अनुसार नगर प्रमुख नकर्मीको स्वास्थ्य जटिल अवस्थामा रहेको छ ।
मिर्गाैलामा समस्या देखिएपछि मेयर नकर्मी नियमित डायलायसिस गराउँदै आएका थिए । पछिल्लो एक महिनादेखि उनको स्वास्थ्यमा झनै समस्या देखिँदै आएको जनाइएको छ ।
