काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने अस्पताल भर्ना भएका छन् ।
लामिछानेको बालाजुस्थित सिल्भरलाइन अस्पतालमा केहीबेर अघि हर्नियाको सफल शल्यक्रिया गरिएको हो । केही वर्षपहिलो हर्नियाको समस्या देखिएका सन्दीपले समस्या बढ्दै गएपछि फुर्सदको समय पारेर शल्यक्रिया गराएका हुन् ।
अस्पतालका डा. दिपक शर्मा नेतृत्वको टोलीले उनको शल्यक्रिया गरेको थियो । शल्यक्रियामा सन्दीपलाई पूरै बेहोस बनाइएको र करिब डेढ घण्टामा शल्यक्रिया सकिएको जनाइएको छ ।
डाक्टरका अनुसार सन्दीप अब चार/पाँच दिन अस्पतालमै बस्नुपर्ने छ भने करिब एक महिना रेस्ट गर्नुपर्ने छ ।
