मंगलबार, साउन १९ गते २०८३    

मंगलबार, साउन १९ गते २०८३    

नेपाल मेडिकल कलेज

नेपाल मेडिकल कलेजको प्रबन्ध निर्देशकमा डा. यासमिन नियुक्त 

नेपाल मेडिकल कलेजको प्रबन्ध निर्देशकमा डा. यासमिन नियुक्त 

यस अघि डाइरेक्टर रहेकी यासमिनलाई कलेज सञ्चालक समितिको बैठकले निर्देशकमा नियुक्त गरेको

बिहीबार , कात्तिक १ २०८१
बिहीबार , कात्तिक १ २०८१
  • काठमाडौं । नेपाल मेडिकल कलेजको प्रबन्ध निर्देशकमा डा. साविहा यासमिन नियुक्त भएकी छन् । 

    यस अघि डाइरेक्टर रहेकी यासमिनलाई कलेज सञ्चालक समितिको बैठकले निर्देशकमा नियुक्त गरेको हो । बुधवार एक कार्यक्रमका बीच कलेजका अध्यक्ष प्राडा जैनुद्धिन अन्सारीले नवनियुक्त प्रबन्ध निर्देशक यासमिनलाई पदभार ग्रहण गराए । 

    पदभार ग्रहणपछि बोल्दै डा. यासमिनले आफूलाई सफल बनाउन सबैको साथ सहयोग चाहिएको भन्दै विगतमा कलेज प्रशासन, चिकित्सक, कर्मचारीले राम्रो साथ दिएको र आगामी दिनमा पनि साथ सहयोगको अपेक्षा गरेको बताइन् । 

    उनले भनिन, “हामी सबै एकै हौं, म युवा भएपनि यहाँहरुले विगत ३ वर्षदेखि विश्वास गर्नुभएको छ । आगामी दिनमा पनि साथ र सहयोग गर्नुहुनेछ भन्ने विश्वास छ ।”

     

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार