धनगढी । धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालको स्वास्थमा समस्या देखिएको छ ।
शुक्रबार स्वास्थमा समस्या देखिएपछि मेयर हमाल धनगढीस्थित माया मेट्रोमा भर्ना भएका उनलाई थप उपचारका लागि दिल्ली रेफर गरिएको छ ।
मेयर हमालको मस्तिष्कको नसामा समस्या देखिएपछि आईसीयूमा राखेर न्यूरोलिष्ट डाक्डर हरि पौडेलको टीमले उपचार गरिरहेकोमा शनिबार भने दिल्ली रेफर गरिएको हो ।
चिकित्सकका अनुसार उनको मस्तिष्कको नसामा समस्या देखिए पनि अवस्था भने सामान्य रहेको छ । मेयर हमाललाई शनिबार उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले भेटेर स्वास्थ लाभको कामना गरेका छन् ।
